load sedding in nepal loadsedding nepali load sedding sedule of load sedding

लोडसेडिङ बढ्न सक्ने सम्भावना | पूर्ण जानकारीको लागि यहा हेर्नुहोस |

भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।
यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ ।
भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ । तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो ।
भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए । श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको थियो र उक्त सहउत्पादन (बाइ प्रडक्ट) पीटीसीसित विद्युत् खरिद सम्झौता (पीपीए) गरी नेपाललाई टनकपुर विन्दुबाट नेपाललाई दिँदै आएको थियो ।
त्यसैगरी, पेटकोकमा लागेको प्रतिबन्धबाट ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालले आयात गरिरहेको बिजुलीमा पनि असर पर्ने देखिएको छ । उक्त प्रसारण लाइनबाट यस महिना नेपालले सय मेगावाट बिजुली आयात गरिरहेको छ, जसमध्ये २५ मेगावाट उही पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडकै उत्पादनबाट खरिद गर्ने सहमति छ । नेपाललाई एनबीबीएन (एनटीपीसी विद्युत् व्यापार निगम) ले ढल्केबरबाट बिजुली निर्यात गर्दै आएको छ ।
पेटकोकमा लागेको प्रतिबन्धले भारतमा कोइला र प्राकृतिक ग्यासको मूल्य अकासिने प्रस्ट छ । यसले एकातिर तापीय विद्युत् गृहबाट उत्पादन हुने बिजुली नेपालले प्राप्त गर्न कठिनाइ पर्ने देखिन्छ भने भारतीय विद्युत् महँगिने संकेत देखाएको छ । टनकपुरबाट नेपालले प्रतियुनिट ३.५५ (भारु) मा बिजुली खरिद गर्दै आएको थियो । यता, ढल्केबरको बिजुली भने प्रतियुनिट ३.६० (भारु) छ ।
भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको थियो । भारतको विद्युत् प्रवाह नामको वेबसाइटअनुसार शुक्रबार बिजुलीको औसत बजार क्लियरिङ मूल्य ३.७४ (भारु) पुगेको थियो भने त्यहाँका विभिन्न राज्यमा एरिया क्लियरिङ मूल्य ४.६९ (भारु) थियो ।

पेटकोक के हो ?
तेल प्रशोधन प्रक्रियामा सहउत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धनलाई पेटकोक भनिन्छ । पेटकोक विभिन्न विद्युत्गृह, सिमेन्ट उद्योग, ब्लास्ट फर्नेस, कागज उद्योग, स्टिल कारखाना आदिमा प्रयोग गरिन्छ । पेटकोकको क्यालोरिफिक भ्यालु (ऊर्जा उत्पादन गर्ने क्षमता) कोइलाभन्दा अत्यधिक हुन्छ । तर, प्रदूषणका हिसाबले पेटकोक बढी खतरा मानिन्छ । यसबाट कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड, मर्करी, आर्सेनिक क्रोमियम र निकेल पैदा हुन्छ । जसमध्ये सल्फरडाइअक्साइडले फोक्सोको रोग र अम्ल वर्षा (एसिड रेन) गराउँछ ।
केही महिनादेखि दिल्ली र वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागी अत्यधिक प्रदूषण बढ्दै गएको अवस्था छ । प्रदूषणका धेरै कारणमध्ये पेटकोकको अत्यधिक उत्पादन पनि एउटा प्रमुख हो । चीनपछि भारत अत्यधिक पेटकोक खपत हुने देश हो । भारतमा बढ्दै गएको प्रदूषणलाई ध्यानमा राख्दै त्यहाँको सर्वाेच्च अदालतले पेटकोक प्रयोग गर्न राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली) र आसपासका उत्तर प्रदेश, हरियाणा र राजस्थानमा शुक्रबारदेखि नै प्रतिबन्ध लगाउने आदेश दिएको हो ।
यसले गर्दा टनकपुरबाट पीटीसीले नेपाललाई उपलब्ध गराउँदै आएको बिजुली मध्यरात १२ बजेटदेखि बन्द गरेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख अधिकारीले जानकारी दिए । नेपालमा लोडसेडिङ हुन नदिन वा कम गर्न प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको पनि अधिकारीले बताए । ‘हामीले नयाँ अवस्थाको सामना गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ शनिबार अधिकारीले अन्नपूर्णसित भने, ‘तर स्थिति चुनौतीपूर्ण छ ।’
अधिकारीका अनुसार भारतको पीटीसी र एनबीबीएनसित यस समस्या समाधानका लागि छलफल भइरहेको छ । पीटीसीले अन्य वैकल्पिक स्रोतबाट चाँडोभन्दा चाँडो टनकपुर विन्दुमार्फत बिजुली उपलब्ध गराउने प्रयास भइरहेको जनाएको उनले बताए । श्री सिमेन्ट उद्योगले पेटकोको साटो कोइलाबाट विद्युत् उत्पादन हुने व्यवस्था मिलाउनसमेत प्रयास भइरहेको जनाएको छ ।
अर्काे सातासम्म समस्या समाधान गर्न सक्ने उनीहरूले आश्वासन दिएका छन् ।
नेपालले हाल भारतका विभिन्न नाकाबाट तीन सय मेगावाट बिजुली आयात गरिरहेको छ । ढल्केबरबाट आगामी महिना ६० मेगावाट यही पेटकोक प्रयोग गरी उत्पादन भएको बिजुली ल्याउने योजना एनबीबीएनको छ । पेटकोकबाट उत्पादित बिजुली सबैभन्दा सस्तो पर्छ । भारतमा ७५ प्रतिशत बिजुली उत्पादन तापीय ऊर्जाबाट हुँदै आएको छ ।
this post is for information purpose only if there is any types of copyright infringement please contact to : [email protected] . if there is such issue this post will removed immediately. 

Thankyou for your comment which gives us more motivation in blog posting