Tech and Scince

पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ ।

उक्त स्मार्टफोनमा ५ दशमलव २ इन्चका दुईवटा स्क्रिन छन् । ती स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा तीनवटा मोड छन् । ड्यृुअल मोडमा प्रयोगकर्ताले दुवै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् अर्थात् एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट वा भिडियो हेर्न सकिन्छ ।

यो स्मार्टफोनमा स्न्यापड्रागन ८२१ प्रोसेसर छ भने ४ जिबी र्‍याम तथा ६४ जिबी इनबिल्ट प्रोसेसर छ । यसमा २० मेगापिक्सेलको एउटा क्यामेरा जडान गरिएको छ, जसलाई मुख्य क्यामेरा र सेल्फी क्यामेरा दुवै रूपमा प्रयोग गर्न सकिन्छ । ३१८० एमएएच क्षमताको ब्याट्रीयुक्त यो फोनमा क्विक चार्ज तथा फास्ट चार्जिङ सपोर्ट फिचर छ ।

 

2 Replies to “पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

  1. उज्वल ब्रो.. ZTE Axom को originaln फोटो नै राखे हुन्थ्यो त.. के त्यो बिच्चाको फोटो राखेको हौ

Thankyou for your comment which gives us more motivation in blog posting