Uncategorized

जाडोमा नि सधै झैँ मुस्कुराओस् छाला | जाडो यामका लागि उत्तम उपाय हरु |-

डेन्ड्रफ

–   जाडो मौसममा चायाँ पर्ने समस्याले निकै सताउँछ । त्यसैले एन्टी डेन्ड्रफ स्याम्पुले नै केश धुनुपर्छ । स्याम्पुलाई ५ मिनेटसम्म केशमा राखेपछि सादा पानीले राम्रोसँग पखाल्नुपर्छ ।

–   केश सुकाउन ब्लोअर प्रयोग गर्नु ठीक होइन ।

–   जाडोमा केशलाई चमकहीन हुनबाट जोगाउन सधैं छोपेर राख्नु राम्रो हुन्छ । केशलाई चिसो हावाबाट जोगाउनुपर्छ । चिसो हावाले केशको नरमपनमा नकारात्मक प्रभाव पार्छ ।

–   तातोपानीले नुहाउँदा केश सुख्खा हुन्छ ।

–   चिसो मौसममा केशलाई स्वस्थ एवं शरीरमा पानीको स्तर सन्तुलित राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

हातखुट्टा

–   तातोपानीले छाला सुख्खा बनाउँछ भने छालाको प्राकृतिक नरमपन समाप्त गर्छ । त्यसैले सादा पानीले हातखुट्टा धुनुपर्छ ।

–  साबुनको प्रयोगले छाला तुरुन्तै सुख्खा हुन्छ । अत: हल्का वा सन्तुलित साबुन प्रयोग गर्नुपर्छ ।

–    छालाको पानी विस्तारै थपथपाएर पुछ्नुपर्छ ।

–   छालाको नरमपन कायम राख्न त्यसमा लोसन वा ग्लिसरिन प्रयोग गर्न सकिन्छ । भान्सा, बाथरुम वा अरु कुनै काम गरेपछि छालालाई मोइस्चराइज गर्नुपर्छ । राति सुत्नुपूर्व खुट्टामा मोइस्चराइजर लगाउनुपर्छ ।

– मौसम जस्तो भए पनि पानी शरीरका लागि अत्यावश्यक हुन्छ । जाडोमा तुलनात्मक रूपले तिर्खा कम लाग्छ तर छालाको नरमपन कायम राख्न शरीरमा पानीको उचित मात्रा कायम रहनु जरुरी हुन्छ ।

 

–  चिसोबाट जोगिन न्याना पहिरन प्रयोग गर्नुुपर्छ भने हिटरबाट सकेसम्म टाढै रहनुपर्छ, कारण यसले छाला सुख्खा बनाउँछ । हिटर प्रयोग गर्नुपरे उचित दूरीमा राख्नुपर्छ ।

सुख्खा ओठ

ओठमा एक्सफोलिएटिभ क्रिम प्रयोग गर्नुपर्छ । त्यसका लागि सेतो पेट्रोलियम जेली पनि उपयुक्त हुन्छ । ओठलाई पानीले भिजाएपछि पेट्रोलियम जेलीको प्रयोग बढी प्रभावकारी हुन्छ ।

सनवर्नको खतरा

–  तापमान घटेसँगै महिलाहरू खुल्ला रूपमा घामको आनन्द लिन उत्सुक हुन्छन् । यसबाट सूर्यको अल्ट्राभोइलेट किरणको प्रभाव सोझै छालामा पर्छ र छालामा दाग बस्नुका साथै सनवर्न हुन सक्छ । त्यसैले घामको आनन्द लिनु आधा घन्टाअघि कम्तीमा ३०–५० एसपीएफ भएको सनब्लक प्रयोग गर्नुपर्छ । प्रत्येक ३ घन्टामा यसको पुन: प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–  यदि आँखाको चारैतिर सुख्खापन छ भने छालालाई क्लिन्जरले सफा गर्नुपर्छ र छालाको नरमपन कायम राख्नुपर्छ ।

नङको हेरचाह

तातोपानी प्रयोग गरी हातखुट्टा धुँदा त्यसको असर नङमा पनि पर्छ । त्यसैले सातामा एकपटक नङमा क्युटिकल तेल प्रयोग गरी मालिस गर्नु उपयुक्त हुन्छ । यसले नङ सुख्खा हुन दिँदैन । यसैगरी नङको छाला तथा नङमा पनि नियमित मोइस्चराइजर प्रयोग गर्नुपर्छ । नेल हार्डनरको प्रयोगले नङ बलिया हुन्छन् ।

http://nari.ekantipur.com/news/2017-11-26/20171126123620.html

Thankyou for your comment which gives us more motivation in blog posting