nepal vs india u19 nepal vs india u19 cricket nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

एसिया कप क्रिकेटमा नेपालको ऐतिहासिक जित | भारत १९ रनले पराजित | जय नेपाल जय नेपाली क्रिकेट

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो ।
नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ बलमा ८८ रन बनाए ।
 मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको थियो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान दिपेन्द्रसिंह ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाएका थिए । शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न भारतलाई पराजित गर्नै पर्ने थियो ।
भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए ।  एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् । 

यो पोस्ट को बारेमा कसैलाई अप्पति भएमा [email protected] मा  इ-मेल गरी जानकारी गराउनु हुन अनुरोध गरिन्छ |

Thankyou for your comment which gives us more motivation in blog posting