asian cup nepal nepal nepal vs philipines nepali football nepali football live nepali spot

LIVE UPDATE नेपाल र फिलिपिन्स : पहिलो हाफ गोलरहित बराबर

नेपाली टिमल उसका आक्रमण रोक्नमै व्यस्त देखियो । विंगर सुजल श्रेष्ठले छैटौं मिनेटमा क्रस गरेको बल सीधै गोलकिपरको हातमा पुगेको थियो । अरु उल्लेख गर्न लायक आक्रमण नेपाली टिमले पहिलो हाफमा गर्न गरेन ।
सुस्त सुरुआत गरेपनि फिलिपिन्सले भने विस्तारै गति लियो । पहिलो हाफको पूरा खेलमा फिलिपिनो टिम हावी भयो । उसले सातपल्ट पोष्टमा आक्रमण गऱ्यो । र, गोलका चार राम्रा अवसर पनि सिर्जना गर्यो । तर पेनाल्टी क्षेत्रभिबाट कार्लोस डे मुर्गा र माइक ओटले गरेको हेडरमा बल पोष्टनजिकिदै माथिबाट बाहिरियो ।
कप्तान फिलिप जेम्स योंगहज्ब्यान्डले २९ औं मिनेटमा पाएको अवसरमा रोहित चन्दले उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारिदिए । फिलिपले ३८ औं मिनेटमा पाएको अर्को अवसरमा बल पोष्टनजिकबाट बाहिरिएको थियो ।
यसमा जित हात पार्नसके फिलिपिन्स एसियन कप २०१९ मा छनोट हुनेछ । अघिल्ला चार खेलमा तीन हार र एक बराबरी गरेको नेपाल भने यसअघि नै छनोट चरणबाटै बाहिरिइसकेको छ । 




FOR COMPLAIN AND COPYRIGHT ISSUE PLEASE CONTACT : [email protected]

Thankyou for your comment which gives us more motivation in blog posting